दफा १०६
अदालतमा नै म्याद तामेल गर्न सक्ने

(१) दफा १०५ वा १०७ मा जुनसुकै कुरा लेखिएको भए तापनि तामेलदारले देहायका व्यक्तिका नाममा जारी भएको म्यादत्यस्तोव्यक्तिलाई अदालतमा नै बुझाई तामेल गर्न सक्नेछ:-
(क) सम्बन्धित अदालतका कर्मचारी वा पदाधिकारी भए निज अदालतमा हाजिर हुँदा,
(ख) सम्बन्धित अदालतमा अर्को कुनै मुद्दामा तारिखमा रहेको पक्ष भए त्यस्तो पक्ष अदालतमा उपस्थित हुँदा,
(ग) सम्बन्धित अदालतमा रहेको कुनै मुद्दामा कुनै पक्षको प्रतिनिधित्व गर्ने वारिस भए त्यसरीप्रतिनिधित्वगरी अदालतमा उपस्थित हुँदा,
(घ) सम्बन्धित अदालतमा कानून व्यवसायको सिलसिलामा उपस्थित हुने कानून व्यवसायी भए त्यस्तो व्यवसायकोसिलसिलामा अदालतमा उपस्थित हुँदा,
(ङ) साक्षीको रूपमा उपस्थित भएको व्यक्ति भए सो हैसियतमा अदालतमा उपस्थित हुँदा ।
(२) उपदफा (१) बमोजिमका व्यक्तिलाई तामेलदारले निज सम्बन्धित अदालतमा उपस्थित हुँदाका बखत म्याद बुझाउन ल्याएमानिजले बुझिलिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम बुझाउन ल्याएको म्याद कुनै व्यक्तिले बुझिलिन नसकिने जनाउ दिएमा तामेलदारले सो कुराकोप्रतिवेदन अदालतलाई तुरुन्त दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम प्राप्त भएको प्रतिवेदनको व्यहोरा मनासिब देखिएमा अदालतले त्यस्तो व्यक्तिको हकमा अदालतबाटजारी भएको त्यस्तो म्याद निजले नबुझेसम्म सो अदालतमा निजले वारेसको हैसियतमा प्रतिनिधित्व गर्न, तारिख लिन,कानून व्यवसाय गर्न वा साक्षीको हैसियतमा बकपत्र गर्न नपाउने गरी रोक लगाउने आदेश गर्नेछ ।